२०८३ साउन ९ शनिबार

हिमालयन अनलाइन सर्भिसका प्रबन्ध निर्देशक हरिहर भण्डारी भन्नुहुन्छ, ‘हामीले हजारौं सेवाग्राहीको मन जितेका छौं’

ई आर्थिक    शुक्रबार, असार २३ २०७४
12.5K
Shares
हिमालयन अनलाइन सर्भिसका प्रबन्ध निर्देशक हरिहर भण्डारी भन्नुहुन्छ, ‘हामीले हजारौं  सेवाग्राहीको मन जितेका छौं’

hons1
हरिहर भण्डारी
प्रबन्ध निर्देशक, हिमालयन अनलाइन सर्भिस प्रा. लि.

इन्टरनेट सम्बन्धि सेवा प्रदान गर्दै आएको हिमालयन अनलाइन सर्भिस (हन्स) ले आफ्नो सेवा सुरु गरेको १८ बर्ष भएको छ । यसबीचमा कम्पनीले हजारौं इन्टरनेट सेवाग्राहीहरुको मन जितेको छ । कम्पनीले हालसम्म दिइरहेको सेवा र भावि दिनमा गर्ने सेवाको वारेमा कम्पनीका प्रबन्ध निर्देशक हरिहर भण्डारीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

हिमालयन अनलाइन सर्भिस (हन्स) स्थापना भएको कति भयो ? स्थापनाको उद्देश्यहरु के–के छन् ?
हिमालयन अनलाइन सर्भिस (हन्स) स्थापना भएको १८ बर्ष भयो । ग्राहकहरु माझ गुणस्तरीय इन्टरनेट सेवा दिने उद्देश्यले यस कम्पनीको स्थापना भएको थियो ।

स्थापनाको उद्देश्य पुरा गर्न हन्स कत्तिको सफल भएको छ ?
कम्पनी जुन उद्देश्यले स्थापना भएको थियो । त्यो उद्देश्य क्रमशः पूरा भइरहेको छ । कम्पनीका ग्राहक दिन प्रतिदिन बढिरहेकाले पनि यो कुराको पुष्टि गर्दछ । ग्राहक संख्या बृद्धि हुनु भनेको आफ्नो उद्देश्यमा सफल भएको हामी मान्यता राख्छौं ।

हन्सका सेवाहरु के–के छन ?
वायरलेस, फाइवर, केवल, टि.भी. हन्सले हाल दिइरहेका सेवाहरु हुन ।

विशेषताहरुको बारेमा बताइदिनोसन् ?
हन्स युवाहरुद्वारा सञ्चालित कम्पनी हो । हाम्रो सेवालाई पनि युवाहरुकै स्प्रिटमा लिएर अगाडि बढाएका छौं । ग्राहकको आवश्यकतालाई बुझेर सोही अनुसारको मागलाई सम्बोधन गर्न हन्स सँधै तत्पर र सक्षम पनि रहेको छ । ग्राहकका सन्तुष्टिका लागि हन्सले हर संभव प्रयास गर्दछ ।

हन्सले कस्ता ग्राहकहरुलाई सेवा लक्षित गरेको छ ? हालसम्म कति र कस्ता ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ?
हन्सको सेवा गुणस्तरीय र प्रभावकारी रहेको छ । सरल, गुणस्तरीय र प्रभावकारी सेवा उपयोग गर्ने सबैखाले ग्राहकहरुले हन्सको सेवा लिइरहेका छन् । हन्सका हालसम्म ८ हजार बढी प्रयोगकर्ता ÷ ग्राहकहरु रहेका छन् । यी सबै सेवा प्रयोगकर्ताहरुलाई हन्सले गुनासो रहित पूर्ण सन्तुष्टि प्राप्त हुने किसिमले हन्सले सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले कति ग्राहकलाई सेवा प्रदान गर्न सक्छ ? लक्ष्य कतिलाई सेवा दिने हो ?
ग्राहकहरुलाई सेवा दिने हाम्रो क्षमताको दायरा ठूलो छ । हामीले माग अनुसारको सेवा दिन सक्छौं । हालको हाम्रो लक्ष्य भनेको २० देखि २५ हजार ग्राहकलाई सेवा दिने हो ।

नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक संस्था कति छन ? यो क्षेत्रमा प्रतिस्पर्धा कस्तो रहेको छ ?
हाल नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक संस्थाहरु ४२ वटा भन्दा रहेका छन् । ग्राहकहरुको तुलनामा कम्पनीहरु अलि बढी भएको हुनाले यो व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ ।

प्रतिस्पर्धी बजारमा ग्राहकहरुलाई आकर्षित गर्ने हन्सका राम्रा पक्षहरु के–के छन ?
प्रतिस्पर्धी बजारमा ग्राहकवर्गलाई आकर्षित गर्ने हन्सले इन्टरनेटको महत्व र गुणस्तर सम्बन्धि जानकारी दिने गरिएको छ । त्यसैगरी खाली सस्तो र हाम्रो भन्दा पनि गुणस्तरीय र राम्रो अनी बजेट अनुसारको सेवा दिने हाम्रा र राम्रा पक्षहरु छन् ।

इन्टरनेट सेवा प्रदायक संस्थाको चुनौति र समस्याहरु के–के छन ?
आवश्यकता अनुसारको जनशक्ति नहुनु, पूर्वाधारहरुको राम्रो विकास नहुनु इन्टरनेट सेवा प्रदायक संस्थाहरुमा देखिका समस्या रहेका छन् ।

यो व्यवसाय सञ्चालन गर्न सरकारी निकायबाट कस्तो सहयोग रहेको छ ?
पहिलाको तुलनामा सरकारी पक्ष (निकाय) बाट केही आशाका किरणहरु देखा परेका छन् । तर पर्याप्त सहयोग भएको चाँही छैन । अपेक्षा चाँही पर्याप्त तथा आवश्यक वातावरणका साथै नीतिगत अन्यौलताको अन्त्य नै हो । निजीक्षेत्रले इन्टरनेटका ग्राहकहरुलाई विश्वस्तरिय सेवा प्रदान गरेका छ । हामी माग अनुसारको सेवा दिन सक्षम र तत्पर छौं । सरकारको तर्फवाट पहिला र छिटो कदम चाल्नु पर्दछ ।

हन्सका भावि योजना तथा कार्यक्रमहरु के–के छन् ?
हन्स हाल आफ्ना सेवाहरु विभिन्न जिल्लामा पु¥याउन व्यवस्त छ । त्यस सँगसँगै माग भई आएको ठाउँहरुमा पनि आफ्नो सेवा विस्तार गर्दै लैजाने योजनामा हामी रहेका छौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij