२०८३ साउन ९ शनिबार

पूर्णिमा विकास बैंकको हकप्रद बिक्री खुल्यो, यस्ता छन् आवेदन दिने ठाँँउ

ई आर्थिक    सोमबार, असार १९ २०७४
4.4K
Shares
पूर्णिमा विकास बैंकको हकप्रद बिक्री खुल्यो, यस्ता छन् आवेदन दिने ठाँँउ

१९ असार, काठमाडौं । पुर्णिमा विकास बैंकले आठ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुल्ला गरेको छ । बैंकले पुंजी बृद्धिको लागि ४:१ अनुपातमा १०० रुपैयाँ दरको ८ लाख ८० हजार ९६२.८२ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।

कम्पनीको शेयरमा जेठ १५ गतेसम्म कायम शेयरधनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदकालागी इछुक लगानीकर्ताहरुले बिक्र प्रबन्धक सिद्धार्थ क्यापिटल नारायाणचौर नक्साल काठमाडौं, पूर्णिमा विकास बैंक लिमिटेड भैरहवा, रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालय र सिद्धार्थ बैंक लिमिटेडका देशभरीका शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

हाल ३५ करोड २३ लाख ८५ हजार चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद वितरण पश्चात पूँजी ४४ करोड चार लाख ८१ हजार ४१४ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij