१९ असार, काठमाडौं । सर्लाही जिल्लाको बलरा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७५ औं शाखा कार्यालय स्थापना भएको छ । उक्त शाखाको नेपाली कांग्रेसका नेता एवम् सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच उद्घाटन गरेका छन् ।
नयाँ शाखाको उद्घाटन गर्दै सांसद सिंहले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा.रबिन्द्र प्रसाद पाण्डेले शहरी, ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताए ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तीय पहुंच विस्तार गर्न बैङ्क तत्पर रहेको बताएका छन् ।