२०८३ साउन ९ शनिबार

अज्ञात समूहले फालेको बम भूँइमा नखस्दै हवल्दारले च्याप्पै समातेर मिल्काए, साहसिक कार्य भन्दै पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

ई आर्थिक    बुधबार, असार १४ २०७४
5K
Shares
अज्ञात समूहले फालेको बम भूँइमा नखस्दै हवल्दारले च्याप्पै समातेर मिल्काए, साहसिक कार्य भन्दै पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

१४ असार, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा बुधबार दिउँसो भएको हमलालाई एक प्रहरी हवल्दारले विफल तुल्याइदिएका छन्। आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर त्यसलाई आफ्नो हत्केलामा थाप्दै सुरक्षित स्थानमा मिल्काउँन सफल भएका छन् । जसले गर्दा दर्जनौ मतदाताहरुको ज्यान बाचाउन उनी सफल भएका छन् भने मतदान परिसरमा कुनै क्षति हुन पाएन। बम फालेको ५ सेकेन्डपछि पड्किको थियो ।

सोही साहसिक घटनालाई मध्य नजर गर्दै रानालाई गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पुरस्कृत गर्ने बचन दिएका छन् । मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै रानालाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।

मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र र म्यादी गरी करिब २५ जना सुरक्षाकर्मी खटिएका थिए। जोखिम मोल्दै बम समात्ने प्रहरी चुनावका लागि काठमाडौंबाट खटिएका हुन्। उनी प्रहरी पहरा गण काठमाडौंबाट खटिएर गएको एसपी सिंहले जानकारी दिए।

मतदान केन्द्रमा बम फाल्नेको पहिचान हुन सकेको छैन। प्रहरीले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्ता रहेको अनुमान गरेको छ।

को हुन् राना ?
सल्यान घर भएका राना २०६० पुस नौ गते प्रहरी जवानमा भर्ना भएका हुन्। प्रहरीमा प्रवेश गरेको १३ वर्षपछि हवल्दारमा बढुवा भएपछि उहाँको बढुवा भएको छैन। प्रहरी प्रवेशसँगै उनी निरन्तर पहरा गणमै दरबन्दी रहेर काम गर्दै आएका छन्।
उनले हालसम्म न कुनै कारबाही भोगेका छन् न पुरस्कारै पाएका छन्। भिड नियन्त्रण र आधारभूत तालिम लिएका रानाले हालसम्म २०६० पछिका काठमाडौंका ठूला राजनीतिक आन्दोलनमा ड्युटी गर्दै आएका छन्। उनले एसएलसीसम्मको अध्ययन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij