२०८३ साउन ९ शनिबार

यसरी हुँदैछ उदयपुरमा छाता ओढेरै मतदान, पुरुष मतदाताभन्दा महिला धेरै ! (तस्बिरसहित)

ई आर्थिक    बुधबार, असार १४ २०७४
3.1K
Shares
यसरी हुँदैछ उदयपुरमा छाता ओढेरै मतदान, पुरुष मतदाताभन्दा महिला धेरै ! (तस्बिरसहित)

१४ असार, उदयपुर/तिर्सन गिरी । उदयपुरका सबै मतदान केन्द्रहरुमा मतदाताहरुले उत्साहजनक रुपमा मतदान गरिरहेका छन । उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका गरी १ लाख ७५ हजार ४ सय ६१ मतदाता रहेको छ । प्राय सबै मत स्थलमा शान्तिपुर्ण ढंगले मतदान भइरहेको छ । आफनो मत अधिकार प्रयोग गर्न बिहानैदेखी मतदाताहरु लाम लागेर मतदान कार्यमा सहभागी भैरहेका छन् । मतदान गर्न बृद्धबृद्धाहरुको पनि उत्साहजन सहभागीता छ ।

नगरपालिका मध्य दोश्रो ठुलो मतदाता रहेको चौदण्डीगढी नगरपालिकामा आज मतदान गर्ने मतदाताहरुमा सबै भन्दा धेरै महिलाहरु देखिएका छन् । खासगरी यस क्षेत्रका अधिकांश पुरुष वै दे शिक रो जगारीका क्रममा दे शबाहिर रहे का कारण महिला मतदाताको  संख्या बढी भएको  स्थानीय बुद्धिजिवी खगेन्द्र राउतले बताउनुभयो । पानी परेको भएपनि मतदाताहरु छाता ओढेरै भएपनि मतदान प्रक्रयामा सहभागी भएका छन्।

udayapur2

नगरपालिका मध्ये उदयपुरको सदरमुकाममा अवस्थित त्रियुगा नगरपालिका गाईघाटमा सवैभन्दा बढी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिकामा ४७ हजार ५ सय ९५ मतदाता रहेको छ भने यहाँ २५ वटा मतदान केन्द्र रहेको छ ।

यस्तै दोस्रोमा चौदण्डीगढी नगरपालिका पर्दछ । चौदण्डीगढी नगरपालिकामा ३० हजार २ सय ४८ मतदाता रहेको छ भने यहाँ १६ वटा मतदान केन्द्र रहेको छ ।

udayapur1

त्यसै गरी तेस्रोमा कटारी नगरपालिका पर्दछ । यस नपामा ३० हजार ९० मतदाता रहेकोमा १५ वटा मतदान केन्द्र रहेको छ । यस्तै बेलका नगरपालिकामा २४ हजार ५ सय ९५ मतदाता रहेको छ भने यस नगरपालिकामा १६ वटा मतदान केन्द्र रहेको छ ।

यस्तै गाउँपालिका मध्ये सवैभन्दा बढी उदयपुरगढी गाउँपालिकामा मतदाता रहेको छ । यस गाउँपालिकामा १५ हजार ८ सय ३१ मतदाता र ११ वटा मतदान केन्द्र रहेको छ । यस्तै रौतामाई गाउँपालिकामा ११ हजार ८ सय ७१ मतदाता रहेको छ भने ८ वटा मतदान केन्द्र रहेको छ ।

udayapur3

यस्तै ताप्ली गाउँपालिकामा ८ हजार २ सय ९८ र सुनकोशी गाउँपालिकामा ६ हजार ९ सय ६३ मतदाता रहेको छ भने ताप्लीमा ७ वटा र सुनकोशीमा ७ वटा मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij