२०८३ साउन ९ शनिबार

८.२३ बिन्दुले बजार बढ्दा कारोबार रकममा देखियो उल्लेख्य सुधार

ई आर्थिक    आइतबार, असार ११ २०७४
4.1K
Shares
८.२३ बिन्दुले बजार बढ्दा कारोबार रकममा देखियो उल्लेख्य सुधार

११ असार, काठमाडौं । कारोवारको पहिलो दिन आईतवार (आज) सेयर बजारमा सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ८.२३ बिन्दुले बढेर एक हजार ५६७ बिन्दुमा पुग्यो ।

कुल १४८ कम्पनीको १५ लाख ८५ हजार ९६७ कित्ता सेयर रु ७३ करोड ९४ लाख ४१ हजार ३३५ मूल्यमा खरिद बिक्री भएको छ । गत बिहीबार ५७ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यस् हिसाबले आजको दिन कारोबार रकममा समेत उल्लेख्य सुधार देखिएको छ।

बीमा समूहको सेयरबाहेक अन्य समूहको सेयरको कारोबारमा सुधार भएको स्टकले जनाएको छ । सो समूहको सेयर ८.६९ बिन्दुले घटेको छ ।

यस्तै, बैंकिङ समूह १२.५६, होटल ११.०४, विकास बैंक ४.४३, जलविद्युत् १.८३, फाइनान्स २.७, उत्पादन ८.४६ र अन्य समूह ०.८७ बिन्दुले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij