२०८३ साउन ९ शनिबार

काठमाडाैंबाट चितवन जाँदै गरेको ट्रक पुलबाट खस्यो, तीनको मृत्यु

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
3.2K
Shares
काठमाडाैंबाट चितवन जाँदै गरेको ट्रक पुलबाट खस्यो, तीनको मृत्यु

९ असार, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडौं बाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दी खोलामा पल्टिँएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री सहचालक जीवन लामा र ट्रकमा सवार यात्रु सञ्जु राईको मृत्यु भएको छ ।
खत्री ट्रक धनी हुन् । अत्याधिक गतिमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij