२०८३ साउन ९ शनिबार

हकप्रद र बोनससहित ४ कम्पनीको साँढे ३ करोडभन्दा बढी शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

ई आर्थिक    बिहिबार, असार ८ २०७४
3.1K
Shares
हकप्रद र बोनससहित ४ कम्पनीको साँढे ३ करोडभन्दा बढी शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

८ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार ४ कम्पनीको बोनस र हकप्रदसहित ३ करोड ६१ लाख ८ हजार ५९.९१ कित्ता शेयर सूचीकृत भएको छ ।

सूचीकृत हुनेमा सबैभन्दा बढी सानिमा बैंकको १ करोड ५७ लाख ६ हजार ५७० कित्ता हकप्रद शेयर छ । कुमारी बैंकको १ करोड ३४ लाख ९५ हजार ८३२.६६ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

यस्तै, बिहीबार नै नेपाल लाइफ इन्सुरेन्सको ६१ लाख ९२ हजार ८ सय ५७.२५ कित्ता र प्रुडेन्सियल इन्सुरेन्सको ७ लाख १२ हजार ८०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत भएपछि मात्र लगानीकर्ताले यी कम्पनीहरूको शेयर कारोबार गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij