२०८३ साउन ९ शनिबार

नेपाल प्रहरीका दुई पूर्वआईजीपी सहित चार जना जेल चलान, सर्वसाधारण भन्छन्– ‘ठूलो पदमा पुग्यो कि दशा लागिहाल्दो रहेछ’

ई आर्थिक    बुधबार, असार ७ २०७४
4.3K
Shares
नेपाल प्रहरीका दुई पूर्वआईजीपी सहित चार जना जेल चलान, सर्वसाधारण भन्छन्– ‘ठूलो पदमा पुग्यो कि दशा लागिहाल्दो रहेछ’

७ असार, काठमाडौं । नेपाल प्रहरीको दुई आईजीपी सहित चारजनालाई जेल चलान गरिएको छ । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर गरेका कारण उनीहरुलाई जेल चलान गरिएको हो । जेल चलान हुनेमा नेपाल प्रहरीका पूर्वआईजीपी ओमविक्रम रणा र हेमवहादुर गुरुङ रहेका छन् ।

उनीहरुसँगै पूर्वएआईजीपी दिपकसिंह थाङदेन र पूर्वडिआईजी दिपक श्रेष्ठ रहेका छन् । उनीहरु डिल्लीबजार कारगार चलान गरिएको हो । उनीहरु चारैजनाले बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

सर्वोच्च अदालतको अदोश बमोजिम उनीहरुलाई जेल चलान गरिएको हो । सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय सुनाएको थियो । अदालतले उनीहरुलाई बिगो असुल गर्न समेत फैसला सुनाएको थियो ।

सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो।  एआईजी छ्याङदेनलाई ४० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकिएको छ ।

सर्वोच्चले दोषी ठहर गरेका पुर्व आईजीपी रमेशचन्द्र ठकुरी लगायत भने फरार रहेका छन् ।

माथिल्लो पदमा पुगेका भ्रष्टाचार प्रकरणमा मुछिएका उनीहरुलाई सर्वसाधारणले ‘ठूलो माछो’को संज्ञा दिएका छन् । यो निर्णय आउँदै गर्दा एक सर्वसाधारणले ‘ठूलो पदमा पुग्यो सबैलाई दशा लागि हाल्ने रहेछ’ भन्ने प्रतिक्रिया दिए । उच्चअहोदामा पुगिसकेका उनीहरुले गरेको भ्रष्टाचारलाई पछिल्लो समयमा भएको सबैभन्दा ठूलो भ्रष्टाचारको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij