२०८३ साउन ९ शनिबार

असार १४ गते सार्वजनिक बिदा दिन सरकारसमक्ष निर्वाचन आयोगको प्रस्ताव, शैक्षिक संस्था ४ दिनसम्म बिदा दिन आग्रह गरिने

ई आर्थिक    सोमबार, असार ५ २०७४
2.2K
Shares
असार १४ गते सार्वजनिक बिदा दिन सरकारसमक्ष निर्वाचन आयोगको प्रस्ताव, शैक्षिक संस्था ४ दिनसम्म बिदा दिन आग्रह गरिने

असार ५, काठमाडाैं, २०७४ । निर्वाचन आयोगले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा सार्वजनिक बिदा दिन सरकार समक्ष प्रस्ताव गरेको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदान कार्यमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाई हुने भएकाले सार्वजनिक बिदा दिन आयोगले गृह मन्त्रालयलाई प्रस्ताव गरेको हो । यस्तै, ३ सय ३४ स्थानीय तहको निर्वाचनमा अधिकांश मतदान केन्द्र शैक्षिक संस्थामा तोकिएकाले चुनाव हुने दिन विद्यालय र क्याम्पसमा असार ११ गतेदेखि ४ दिनसम्म सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने भएको छ ।

आयोगको आज बसेको बैठकले सार्वजनिक वा संस्थागत विद्यालय तथा क्याम्पसमा मतगणना हुने भएकाले मतगणना नसकिएसम्म ती विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराउन पनि आग्रह गर्ने भएको छ । कतिपय मतदान केन्द्र गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसरमा रहेकाले मतदानका लागि उपलब्ध गराउन सम्वन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij