२ असार, काठमाडौँ । एसियन लाइफ इन्सुरेन्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ ३० गते धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएको छ । एसियनले २:१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद सेयर बिक्री गर्न खोजेको हो ।
कम्पनीको हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने निदेशन दिएसँगै पुँजी वृद्धि गर्न एसियनले हकप्रदको बाटो अप्नाएको हो ।
कम्पनीले यसअघि २० प्रतिशत बोनस सेयर दिइसकेको छ । बोनस सेयरपछि यसको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार २४० रुपैयाँ पुगेको छ । एसियनले तेस्रो त्रैमासमा २ करोड ९६ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको छ ।