२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज बिहान सार्वजनिक गरेको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए ।
सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३.६ देखि ४ जीपीए ल्याउने १२ हजार २ सय ८४, ३.२ देखि ३.६ जीपीए ल्याउने ४२ हजार ४ सय २७, २.८ देखि ३.२ जीपीए ल्याउने ५० हजार ६ सय ४६, २.४ देखि २.८ जीपीए ल्याउने ६१ हजार ९ सय ५५, २.० देखि २.४ जीपीए ल्याउने ९१ हजार ३ सय १४, १.६ देखि २.० जीपीए ल्याउने १ लाख ८ हजार ४ सय ६४, १.२ देखि १.६ जीपीए ल्याउने ६४ हजार ५ सय ७७ , ०.८ देखि १.२ ल्याउने ११ हजार २ सय ८५, ०.० देखि ०.८ ल्याउने १५ रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।सवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ ।
कार्यालयका अनुसार परीक्षामा सहभागि भएका मध्ये २ सय १९ जनाको परीक्षा रद्ध गरिएको छ । परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले साउन १९ देखि २६ गतेसम्म पुनः परीक्षा दिन पाउने बोर्डले बताएको छ ।
नतिजा कसरी हेर्ने ?
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने । यस्तै उज्यालोको sms सेवा see टाइप गरेर सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, एनसेल प्रा. ली. www.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com, क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ ।
Details of Grade Sheet
| SN | Interval in Percent | Grade | Description | Grade Point |
| 1 | 90 to 100 | A+ | Outstanding | 4.0 |
| 2 | 80 to below 90 | A | Excellent | 3.6 |
| 3 | 70 to below 80 | B+ | Very Good | 3.2 |
| 4 | 60 to below 70 | B | Good | 2.8 |
| 5 | 50 to below 60 | C+ | Satisfactory | 2.4 |
| 6 | 40 to below 50 | C | Acceptable | 2.0 |
| 7 | 30 to below 40 | D+ | Partially Acceptable | 1.6 |
| 8 | 20 to below 30 | D | Insufficient | 1.2 |
| 9 | 0 to below 20 | E | Very Insufficient | 0.8 |