२०८३ साउन ९ शनिबार

एसइईको नतिजा आज सार्वजनिक हुँदै

ई आर्थिक    शुक्रबार, असार २ २०७४
4.4K
Shares
एसइईको नतिजा आज सार्वजनिक हुँदै
नयाँ पत्रिका, काठमाडौँ   |

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबार सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले परीक्षाको नतिजा सार्वजनिक गर्न सबै प्रक्रिया पूरा गरिसकेको छ ।

सबै तयारी पूरा भएकाले शुक्रबार नतिजा प्रकाशन गर्ने पनिकाले जनाएको छ । ‘शुक्रबार बिहान १० बजेको हाराहारीमा नतिजा प्रकाशित गर्ने तयारी छ,’ परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने ।

पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित हुन लागेको हो । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई नामकरण गरेको छ ।

पनिकाले अघिल्लो वर्षदेखि लेटर ग्रेडिङ सिस्टममा नतिजा प्रकाशित गर्न थालेको हो । ऐनमा कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा हुने भनिए पनि राष्ट्रिय परीक्षा बोर्डको संरचना व्यवस्थित नभएका कारण विगतमा एसएलसी सञ्चालन गर्ने पनिकाबाट परीक्षा सञ्चालनदेखि नतिजा सार्वजनिकसम्मका काम भएका हुन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij