३० जेठ, काठमाडौं । नेप्सेमा मंगलबार सेञ्चुरी बैंक र इन्नोभेटिभ डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । सेञ्चुरीको ३६ लाख ८९ हजार कित्ता र इन्नोभेटिभको ६ लाख ३१ हजार ८३७.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।
सेञ्चुरीले इन्नोभेटिभ र अरनिको डभलपमेन्ट बैंकलाई एक्वायर गरी आइतबारदेखि एकीकृत कारोबार पनि थालिसकेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउन सेञ्चुरीले एक्विजिसनको बाटो रोजेको हो ।
बैंकले यसअघि नै गत वर्षको कमाईबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिइसकेको छ । दुई विकास बैंकलाई एक्वायर गरिसकेपछि कायम हुने पुँजीबाट सेञ्चुरीले फेरि ४० प्रतिशत हकप्रद ल्याउने तयारीमा छ ।
यी दुई बैंक एक्वायर गरेपश्चात बैंकको चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुगेको छ । साथै बैंकको निक्षेप ३८ अर्ब ५० करोड कर्जा ३५ अर्ब पुगेको छ ।