२५ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो विशेष साधारण सभा असार ९ गते गर्ने भएको छ । बैंकले सो सभा बिहान ११ बजे सेलिब्रेसन व्याङ्क्वेट, नक्सालमा गर्न लागेको हो ।
बैंकको साधारण सभाको विशेष प्रस्तावमा यस बैंकले रिलायवल डेभलपमेण्ट बैंकलाई लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । सो साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनी दर्ता पुस्तिका असार १ गते बन्द हुने भएको छ ।