२२ जेठ, काठमाडौं । रिलायन्स फाइनान्सले झापाको चारआलीमा शाखा विस्तार गरेको छ । संस्थाका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले आइतवार आयोजित एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरेका हुन् । यो संस्थाको सातौं शाखा हो ।
हालसम्म संस्थाले ३ अर्ब १० करोड सङ्कलन गरी २ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाका उपप्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले जानकारी दिए । शहरमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत वित्तीय सेवा दिने उद्देश्यले शाखा सञ्चालन गरेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
निकट भविष्यमै पर्साको वीरगञ्ज र मोरङको विराटनगरमा समेत शाखा सञ्चालन गर्ने तयारी गरेको श्रेष्ठले बताए ।