१० जेठ, काठमाडौं । बुधवार नेप्से सामान्य अंकले उकालो लागेको छ । यो दिन नेप्से ३.०७ अंकले बढेर परिसूचक १६२९.५८ विन्दुमा पुगेको छ ।
यस् दिन १४८ कम्पनीको १३ लाख ६६ हजार ९७१ कित्ता सेयर ६९ करोड ४४ लाख २६ हजार ४४८ रुपैयाँमा कारोबार भएको छ ।
कारोबार अवधिमा होटेल समूहको परिसूचक ओरालो लागेको छ भने अन्य समूहको परिसूचक उकालो लागेका छन् । बैंकिङ समूहको २.४१, विकास बैंक ४.२३, जलविद्यूत ४.०९, वित्त समूहको १.५, बिमा समूहको २०.७३ र अन्य समूहको परिसूचक २.६ विन्दुले बढेको छ ।