९ जेठ, काठमाडौं । गत सातादेखि लगतार ओरालो लागेको शेयर बजारमा यो साताको तेस्रो दिन मंगलबार भने हरियाली छाएको छ । कारोबारमा आएका सबै समूहका सूचक बढेपछि बजार दोहोरो अंकले बढेको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ ।
मंगलबार नेप्से १०.११ अंकले बढेर १६२६.५१ विन्दुमा पुगेको छ । समग्रमा नेप्से ०.६३ प्रतिशतले बढेको हो ।
यस दिन कुल १४७ कम्पनीको १० लाख १७ हजार ३५४ कित्ता सेयर ७८ करोड ६६ लाख ३८ हजार ६१६ रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा २६ करोडले बढी हो ।
यो दिन बैंकिङको ०.७७ प्रतिशत, होटेलको ०.०४, बिकास बैंकको ०.५६, जलविद्यूत ०.१४, वित्त ६.५१ र फाइनन्सको १४८, बिमाको ०.२४, उत्पादन तथा प्रशोधनको २.२९ र अन्य समूहको ०.०८ प्रतिशतले उकालो लागेको छ ।