२०८३ साउन ९ शनिबार

चार कम्पनीको हकप्रद शेयर सेबोनमा स्वीकृत, कसको कति आउँदैछ ?

ई आर्थिक    सोमबार, जेष्ठ ८ २०७४
4.2K
Shares
चार कम्पनीको हकप्रद शेयर सेबोनमा स्वीकृत, कसको कति आउँदैछ ?

८ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन चार कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको छ । बोर्डले आइतबार दुई वाणिज्य बैंक र दुई विकास बैंकलाई हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो । हकप्रद शेयर निष्कासन गर्नेमा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कञ्चन डेभलपमेण्ट बैंक र अल्पाइन डेभलपमेण्ट बैंक रहेका छन् ।

सिद्धार्थ बैंकले ३० प्रतिशत अर्थात् १० बरारबर ३ अनुपातमा १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलव १३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बैंकको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

माछापुच्छ्रे बैंकले १२ प्रतिशत अर्थात् १० बराबर १ दशमलव २ अनुपातमा रू. एक सय अङ्कित दरको ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यसको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, कञ्चन डेभलपमेन्ट बैंकलाई पनि धितोपत्र बोर्डले ३० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति दिएको छ । कञ्चनले एक सय रुपैयाँ दरको १० लाख ३९ हजार ५०० कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो । यस बैंकको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सेञ्चुरी कमर्शियल बैंकसँग गाभिन सम्झौता गरिसकेको अल्पाइन डेभलपमेण्ट बैंकले पनि धितोपत्र बोर्डमा झण्डै ६९ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । प्रति तीन कित्ता बराबर दुई दशमलव शुन्य आठ कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको छ । यसको विक्री प्रबन्धक पनि एनएमबि क्यापिटलले रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij