२०८३ साउन ९ शनिबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि बढेन

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०७४
8.5K
Shares
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि बढेन

७ जेठ, काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसुचक १६.६३ अंकले घटेर १६२७ बिन्दुमा पुगेको हो । यस दिन कारोबार रकम समेत घटेर ६८ करोड १९ लाखमा सिमित भएको छ ।

यस दिन उत्पादनमुलक तथा ‘अन्य’ समुह बाहेक सबै समूहको परिसूचक घटेको छ । यो दिन १४६ कम्पनीको ११ लाख ९७ हजार कित्ता सेयर ६८ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । बजारमा आएको गिरावटसँगै उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक उकालो वलागेका छन भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ ।

यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक ५४.४६ र अन्य समूहको शून्य दशमलव ८७ अंंकले उकालो लागेको छ ।

त्यसै गरी बैंकिङ समूहको परिसूचक १८.६९, होटेल ४९.६९, विकास बैंक १५.२३, जलविद्यूत २२.२३, वित्त ६.५१ र बिमा समूहको परिसूचक १०४.८७ विन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij