२०८३ साउन ९ शनिबार

हाम्रो विकास बैंकको हकप्रद खुल्यो, यस्ता छन् फारम भर्ने ठाँउ

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०७४
4.8K
Shares
हाम्रो विकास बैंकको हकप्रद खुल्यो, यस्ता छन् फारम भर्ने ठाँउ

७ जेठ, काठमाडौँ । हाम्रो विकास बैङ्क लिमिटेडको आइतबार (आज)देखि १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन खुला भएको छ । बैङ्कले वैशाख १० गतेसम्म कायम रहेको शेयरधनीहरुलाई रू. १ सयको अङ्कित दरको ३० लाख ५८ हजार ३ सय ३८ दशमलव ७५ कित्ता हकप्रद शेयर निष्कासन खुला गरेको हो । सो हकप्रद असार ११ गतेसम्म भर्न पाइनेछ ।

विक्री प्रबन्धकको रूपमा रहेको एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौं तथा हाम्रो विकास बैंकको केन्द्रीय कार्यालय बिदुर ३ बट्टार नुवाकोट र अधिकांश शाखा कार्यालयबाट यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा पोखरा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन दिन सकिनेछ ।

हाल बैंकको चुक्ता पुँजी १५ करोड २९ लाख १६ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३ करोड १० लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij