२०८३ साउन ९ शनिबार

नेको इन्सुरेन्सको ९२ हजार आठ सय ९३ कित्ता शेयरमा लिलामी खुल्यो, जेठ ११ सम्म म्याद

ई आर्थिक    शुक्रबार, जेष्ठ ५ २०७४
4.8K
Shares
नेको इन्सुरेन्सको ९२ हजार आठ सय ९३ कित्ता शेयरमा लिलामी खुल्यो, जेठ ११ सम्म म्याद

५ जेठ, काठमाडौं । नेको इन्सुरेन्सले हकप्रदमा बिक्री नभएको ९२ हजार आठ सय ९३ कित्ता शेयरको शुक्रबार(आज)देखि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । कम्पनीले संस्थापक समूहको ६ हजार १६३.७९ कित्ता र सर्वसाधारण समूहको ८६ हजार ७२९.५३ कित्ता गरी कुल ९२ हजार ८९३.३२ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

ईच्छुक लगानीकर्ताले यो लिलामीमा न्यूनतम १०० रुपैयाँ भन्दा माथी भाउ तोकेर बोलपत्र फारम जेठ ११ गते विहीबारसम्म भर्नुपर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा नागपोखरीस्थित एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ माथि मूल्य तोकेर सर्वसाधारण सेयरमा न्यूनतम एक सय तथा संस्थापक सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा १० कित्ताको गुणांकमा आवेदन गर्नुपर्ने हुन्छ ।

इन्स्योरेन्सले संस्थापक समुहको सेयरको बोलपत्र जेठ १२ गते दिउँसो १.३० बजे र साधारणको दिउँसो २ बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोली १९ गते बाँडफाँड गर्ने जनाएको छ । सेयर नपाउने लगानीकर्ताले जेठ २४ गतेदेखि रकम फिर्ता पाउनेछन् ।

नेकोले फागुन ३ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेकोमा सो समयमा नबिकेको सेयर अहिले बेच्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij