४ जेठ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन विहिबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से ०.०२ प्रतिशतले घटेर १६४३.८७ अंकमा कायम भएको छ ।
यस दिन बैंकिङ समूह र ‘अन्य’ समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घट्नमा दबाब परेको हो । यो दिन बैंकिङ र अन्य समूह क्रमशः ७.९४ र १.७४ अंकले घटेका छन् भने बाँकी सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह ३५.७४ अंकले बढेको छ भने उत्पादनमूलक समूह ३५.११ अंकले बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा क्रमशः १३.४८, २५.२८, ५.१९ र २९.१९ अंकले बढेका छन् ।