२०८३ साउन ९ शनिबार

भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको नाफा २२ करोड

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
2.1K
Shares
भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको नाफा २२ करोड

३ जेठ, काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा २२ करोड खुद मुनाफा आर्जन गरेको छ । हाल बैंकको कुल निक्षेप १५ अर्व ६ करोड र कर्जा १३ अर्व ५६ करोड रहेको छ ।

बैंकले बिहीबार आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लुम्विनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडलाई गाभ्दै बिकास बैंकको नाम लुम्विनी बिकास बैकवाट देशब्यापी बैकिंग संजाल बिस्तार गरी आफ्नो सेवा सुरु गर्ने अभिप्राय राखेको छ ।

बैंकको चुक्ता पुँजी गाभिए पश्चात २ अर्व ३७ करोड १८ लाख ७९ हजार ३ सय ३६ पुग्ने जनाइएको छ । गाभिए पश्चात कायम हुने चुक्ता पुँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद शेयर समेत निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेको समयसिमा भित्रै आफ्नो चुक्तापुँजी २ अर्व ५० करोड पु¥याउने गरी सो विकास बैंक अगाडी वढीे रहेको छ ।

त्यसैगरी, बैकका ४४ शाखा र १२ ओटा एटीएम छन् । डिल्लीवजारमा केन्द्रिय कार्यालय रहेको बिकास बैंकको संचालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij