२०८३ साउन ९ शनिबार

पञ्चकन्या माई हाइड्रोपावरले आईपिओ जारी गर्ने

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
5.2K
Shares
पञ्चकन्या माई हाइड्रोपावरले आईपिओ जारी गर्ने

३ जेठ, काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले ११ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले इलामका आयोजना प्रभावित स्थानीय बासिन्दाका सो अनुपातमा सेयर जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले वैशाख २९ गते बोर्डमा निवेदन दिएको हो ।

कुल २७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि एक सय रुपैयाँ अंकित दरमा ११ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । त्यसपछि, कम्पनीले सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित दरमा १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीले एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा छ भने ६.१ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij