२ जेठ, ललितपुर । राजधानी उपत्यकाभित्र स्थानीय तह चुनावको पहिलो नजिता एमालेको पक्षमा गएको छ ।
ललितपुरको महांकाल गाउँपालिकामा प्रमुखमा एमाले उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका छन् । उनले २०८० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भिमसेन घिमिरेले १७२२ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकै कमला तामाङ विजयी भइन् । यो सहित ४ वडाध्यक्षमा एमाले उमेदवार विजयी भएका छन् । बाँकी १/१ वडामा कांग्रेस र माओवादी केन्द्र विजयी भएका हुन् ।
महांकाल गाउँपालिकाका ६ वडाहरुमध्ये गोटिखेल, ठुलादुर्लुङ, कालेश्वर र मानिखेलमा एमालेले वडाध्यक्ष जितेको छ भने बुखेलमा माओवादी र चन्दनपुरमा कांग्रेस उमेदवार विजयी भएका छन् ।