२०८३ साउन ९ शनिबार

काठमाडौँ महानगर अपडेट: एमालेको अग्रता कायमै

ई आर्थिक    मंगलबार, जेष्ठ २ २०७४
2.4K
Shares
काठमाडौँ महानगर अपडेट: एमालेको अग्रता कायमै

२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले)बाट नगर प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा रहनुभएको छ ।

बिहान ९ बजेसम्मको परिणामअनुसार वडा नं १ को ७११ मत गणना भएकोमा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले २०३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, साझा पार्टीका तर्फबाट किशोर थापाले १३३ प्राप्त गरी दोश्रो स्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका राजुराज जोशीले १२८ मत प्राप्त गर्नुभएको छ ।

विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले १०२ र नेकपा (माओवादी केन्द्र) का सर्वोत्तम डङ्गोलले ११ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij