२८ वैशाख, काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले वैशाख २८ गते (आज)देखि १९.२३ प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले ५ दशमलव २ बराबर १ (५.२:१) को अनुपातमा प्रति शेयर एक सय अङ्कित दरको ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
वैशाख १६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले शेयरमा खरीदको लागि जेठ ३१ गते सम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट् लिमिटेड रहेको छ । यसका साथै लक्ष्मी बैंक लिमिटेडका शाखा कार्यालयहरु र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नँया वानेश्वर काठमाडौंबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।
हाल चुक्ता पूँजी रू. ४४ करोड ८३ लाख ५ हजार रहेको कम्पनीको हकप्रदपछि चुक्ता पूँजी रू. ५३ करोड ४५ लाख १७ हजार ५ सय पुग्नेछ ।