१९ वैशाख, काठमाडौँ । एनआइसी एशिया बैंकले निष्काशन गरेको १५ प्रतिशत हकप्रदमा आवेदन गर्ने मंगलबार(आज)अन्तिम दिन हो । बैंकले १ सय बराबर १५ अनुपातमा ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको हो ।
चैत ६ गते आईतबारसम्म बैंकको सेयरमा स्वामित्व प्राप्त गरेका सेयरधनीले हकप्रद भर्न पाउने गरी चैत १६ गते बुधबारदेखि हकप्रद निष्काशन गरेको हो ।
बैंकको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सिटिसी मलको छैटौं तल्ला सुन्धारा तथा एनआइसी एशिया बैंकको मुख्य कार्यालय थापाथली तथा अधिकांश शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।
एनआइसी एसियाले राष्ट्र बैंकले तोेकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १५ प्रतिशत हकप्रद सेयर जारी गरेको हो । हाल बैंकको चुक्ता पूँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।