नेपालगन्ज, आइतबार, १४ जेठ २०७४ । नेपालगन्ज धम्बोझीमा विशाल अागलागी भएकाे छ । धम्बोझीस्थित श्रीया फर्निचरमा आगलागी भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले आगो निभाउने प्रयास गरिरहेको बाँके प्रहरीले जानकारी दिएकाे छ ।

अागालागी सुरु भएको एक घन्टासम्म दमकल नअाइपुग्दा अागो फैलिन पाएको थियो । करिब घन्टापछि नेपालगन्ज नगरपालिकाको दमकल पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। अागलागीबाट ठूलाे क्षति भए पनि के कति क्षति भएको भन्ने अाँकलन भइ नसके पनि कराेडाैंकाे क्षति भएकाे अनुमान गरिएकाे छ। बाक्लाे बस्तीका साथै बजार एरिया भएकाले अागाेले ठूलाे क्षति हुने अनुमान गरिएकाे छ ।