२०८३ साउन ९ शनिबार

प्रभु बैंकको नाफा दोब्बर बढेर एक अर्ब ४४ करोड पुग्यो

ई आर्थिक    शुक्रबार, बैशाख १५ २०७४
2K
Shares
प्रभु बैंकको नाफा दोब्बर बढेर एक अर्ब ४४ करोड पुग्यो

१५ वैशाख, काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब ४४ करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको खुद नाफा ७५ करोड ७८ लाख ३० हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवको भन्दा चालु आवमा बैंकको नाफा झण्डै ९१ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको सोहि अवधिमा खुद ब्याज आम्दानी एक अर्ब २२ करोड २२ लाख ४४ हजार रुपैयाँ रहेको छ । बैंकको चालु आवको यो अवधिमा बढेर एक अर्ब ९५ करोड १६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । बैंकले यो अवधिमा आफ्नो जोखिममा रहेको एक अर्ब ४० करोड चार लाख ५९ हजार रुपैयाँ फिर्ता ल्याएको छ ।

बैंकको निक्षेप ७१ अर्ब ६० करोड २९ लाख ५० हजार रुपैयाँ रहेको छ । ५९ अर्ब ५९ करोड ४६ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५८ पैसा रहेको प्रभुको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ १७ पैसा रहेको छ । बैंकको खराब कर्जा ४.३२ प्रतिशत रहेको छ ।

चुक्ता पुँजी पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ८९ करोड २५ लाख ४८ हजार रुपैयाँ रहेको छ । आउदो असारसम्म बैंकले पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्‍याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij