२०८३ साउन ९ शनिबार

सिटिजन्स बैंकको ‘सिटिजन्स दशक बचत खाता’ शुभारम्भ

ई आर्थिक    शुक्रबार, बैशाख ८ २०७४
2.6K
Shares
सिटिजन्स बैंकको ‘सिटिजन्स दशक बचत खाता’ शुभारम्भ

८ वैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले दशौं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स दशक बचत खाता’ शुभारम्भ गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकर प्रसाद शर्माले सो को शुभारम्भ गर्नुभयो ।

यस योजना अन्तर्गत निक्षेपकर्ताले न्यूनतम मौज्दात ५ हजार रुपैयाँ रहनुपर्ने यस खाातामा ५ प्रतिशत व्याजदर प्राप्त गरिने तथा निःशुल्क ए.वि.वि.एस., निःशुल्क डिम्याट सेवा प्राप्त गर्नुका साथ लकर शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

साथै बैंकले बिभिन्न संघसंस्थालाई २५ लाख ८० हजार सहयोग गरेको छ । २०६४ बैशाख ७ गते देखि २० आंै वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरु गरेको यस बैंकले विहीबार आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा यस्तो सहयोग गरेको हो । बैंकले चितवन मानव सेवा आश्रम, संगीतकार संघ नेपाल, स्नो याक फाउन्डेसन, साथ र बेबी लाईफ होम, आरोग्य फाउन्डेसन, कमल निम्न माध्यामिक विद्यालय लगायत अन्य बिभिन्न संस्थालाई सहयोग गरेको हो ।

सिटिजन्स गल्फ प्रतियोगिता २०१७ आयोजना गरेको बैंकले निकट भविष्यमा पाँचौं सिटिजन्स लन टेनिस प्रतियोगिता पनि आयोजना गर्ने बैंकले कार्यक्रममा जानकारी दिएको छ ।

बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका भेत्राण क्रिकेट खेलाडीहरु बिच आयोजना हुन लागेको क्रिकेट खेल सञ्चालनका लागि ३ लाख आर्थिक सहयोग गरेको छ । यी खेलकुद कार्यक्रमहरु लगायत बैंकले स्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा ४७ लाखको योगदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij