२०८३ साउन ९ शनिबार

मेगा बैंकद्वारा राष्ट्र बैंकको नियम उलंघन, कर्जा ब्याजदरमा कष्टमर पनि रुष्ट, आउने बर्षमा मेगाको निक्षेप १० अर्बले बढी घट्ने अनुमान

ई आर्थिक    बिहिबार, चैत्र ३१ २०७३
6.1K
Shares
मेगा बैंकद्वारा राष्ट्र बैंकको नियम उलंघन, कर्जा ब्याजदरमा कष्टमर पनि रुष्ट, आउने बर्षमा मेगाको निक्षेप १० अर्बले बढी घट्ने अनुमान

चैत ३१, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल राष्ट्र बैंकले जारी गरेका धेरै नियमहरु उलंघन गरेको पाइएको छ । बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाह प्रमुख कार्यकारी अधिकृत रहेको सो बैंकले सीडीसीको रेसियो लगायत थुप्रै नियमहरु उलंघन गरिरहेको स्रोतले जानकारी दिएको छ ।

कोर पूँजी र निक्षेपको जोड रकमको तुलनामा ८० प्रतिशत भन्दा बढी कर्जा लगानी गरेका (सीसीडी रेसियो कटाएका) बैंकमा समेत मेगा बैंक पनि पर्दछ । बैंकले राष्ट्र बैंकका नीति नियमलाई समेत लत्याउँदै अटेर गर्ने गरेको छ । आफू बैंकर्स एसोसिएसनको अध्यक्ष भएको आडमा बैंकले राष्ट्र बैंक कतिपय निर्देशन समेत अटेर गरिरहेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यो बैंकले ठूलो मात्रामा नक्कली डिपोजिट समेत खडा गरेको सामाचार स्रोतले जानकारी दिएको छ । बैंकले अहिले पुराना ऋणीलाई १३ प्रतिशत र नयाँ ऋणीलाई १५ प्रतिशतभन्दा बढि ब्याज लिइरहेको छ । बैंकले मनोमानी ढंगबाट लिएको कर्जाको विषयलाई लिएर बैंकका धेरै कष्टमर समेत रुष्ट भएको स्रोतको दाबी छ । कष्टमरलाई नराम्ररी चिढ्याएको यो बैंकको आगामी बर्षमा निक्षेपमा ठूलो मात्रामा गिरावट आउने बताइएको छ । यो घटनाले बैंकले आगामी बर्षमा १० अर्ब रुपैयाँ बराबर निक्षेप चुकाउनु पर्ने मेगा बैंक स्रोतले दाबी गरेको छ ।

यसअघि बैंकले नेपाल राष्ट्र बैंकमात्रै होइन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अदालतको समेत निर्देशनलाई लत्याउँदै के. बी. पेट इन्ड्रस्ट्रिजको सेयर नामसारी प्रकरण घटाएको थियो । ती सबै निकायको निर्देशनलाई लत्याउँदै बैंकले विवादस्पद निर्णयका साथ के.बी. पेट इन्डस्ट्रिजमा बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयललाई स्वामित्व नामसारी गराएको थियो ।

पाटन औद्योगिक क्षेत्रमा रहेको उक्त के.बी. पेट इन्डस्ट्रिज जेलमा रहेका पूर्वसांसद सञ्जय शाहकी श्रीमती रंगिलादेवी शाहको नाममा रहेको ७५ प्रतिशत सेयर नामसारी गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई सिफारिस गरिदिएको थियो । अदालतले समेत रोक्का राख्नु भनेको उक्त सेयरको स्वामित्वलाई भरत आचार्यसहित गणेश आचार्यको नाममा नामसारी भएको थियो । अदालतको नहुञ्जेल सञ्जय शाहको परिवार सहित २८ जनाको सम्पत्ति रोक्का राख्न आदेश दिएको थियो ।

अदालतको सोही निर्णय बमोजिम बैंकहरु, मालपोत कार्यालयहरु, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयलाई बाधार्थ पत्राचार गरेको थियो । सो पेट कम्पनीमा रंगिलादेवी शाहको नाममा ७५ प्रतिशत र पूर्वमन्त्री नरहरी आचार्यको तत्कालिन सहयोगी मनोहर खडकाको नाममा २५ प्रतिश रहेको थियो ।

मेगा बैंकको बदमासिकै कारण उक्त कम्पनीलाई अहिले भरत आचार्य सहितका सेयरधनीहरुले सञ्चालन गर्दैं आएका छन् । काठमाडौंको घर र जग्गा धितोमा राखेको मेगा बैंकबाट कर्जा लिएको उक्त कम्पनीलाई मेगाले नामसारीमा मात्रै मद्दत गरेन, थप कर्जा समेत उपलब्ध गराएर कम्पनीको विश्वासपात्र बनेको बैंककै एक कर्मचारीले जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij