२०८३ साउन ९ शनिबार

आज पनि घट्यो नेप्से, ०.०४ प्रतिशतले बजार घट्दा १ अर्ब ४८ करोडको करोबार

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
5.2K
Shares
आज पनि घट्यो नेप्से, ०.०४ प्रतिशतले बजार घट्दा १ अर्ब ४८  करोडको करोबार

१७ चैत, काठमाडौँ । बुधबार १ दशमलव ३९ प्रतिशतले ओरालो लागेको सेयर बजार बिहीवार ( आज ) पनि ० दशमलव ०४ प्रतिशतले ओरालो लागेर बन्द भएको छ । आज नेप्से परिसुचक ० दशमलव ६५ अङ्क घटेर १ हजार ५ सय ८७ दशमलव ६४ विन्दुमा पुगेको छ ।

यो दिन १४० कम्पनीको २७ लाख २३ हजार ६ सय २६ कित्ता सेयर बाट १ अर्ब ४८ करोड ७८ हजार ७ सय ६८ रुपैयाको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा एक अर्ब ८ करोडले कम हो । बुधबार कारोबार रकम अढाई अर्ब नाघेको थियो ।

यो दिन फाइनान्स, बिमा, होटेल र अन्य समुह सामान्य बढेका छन् भने यि बाहेक सबैको परिसुचक झरेको छ । फाइनान्स कम्पनीको परिसूचक १ दशमलव १२ प्रतिशतले बढेको छ भने बिमाको ० दशमलव ९ प्रतिशत, होटेलको ० दशमलव २७ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ० दशमलव ३ प्रतिशत बढेको छ ।

यो दिन परिसूचक झर्नेमा जलविद्युत, उत्पादन तथा प्रशोधन कम्पनी, विकास बैंक र बैंकिङ परेको छ । जलविद्युतको ० दशमलव ८४, उत्पादन तथा प्रशोधन कम्पनीको ० दशमलव ५१, विकास बैंकको ० दशमलव ३३ र बैंकिङको ० दशमलव २५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij