१ चैत, काठमाडौं । सनराइज बैंकसँग मर्ज तोडिएपछि महालक्ष्मीसँग यति डेभलपमेन्ट बैंक मर्ज हुने भएको छ । सनराइजको १०० बराबर महालक्ष्मीको ९० स्वाप रेसियो कायम भएको थियो । तर पछि सनराइजले महालक्ष्मी ७०-७५ भन्दा नबढाउने भएपछि महालक्ष्मीले मर्ज तोडेको थियो ।
महालक्ष्मी–यति मर्जको औपचारिक घोषणा आज साँझ अन्नपूर्ण होटलमा हुने बैंक स्रोतले जानकारी दिएको छ । दुबै बैंक मर्ज पछि बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ । त्यसैगरी दुबै बैंकको गरी ग्राहक संख्या ३ लाख ३५ हजार पुग्नेछ भने शाखा संख्या ६२ हुनेछ । बैंक स्रोतले दिएको जानकारी अनुसार मर्ज पछि बैंकको निक्षेप २४ अर्ब पुग्ने छ भने ऋण २० अर्ब नाघ्ने छ ।
गाभिए पछि सञ्चालक समितिको अध्यक्षमा यतिबाट राजेश उपाध्यायलाई ल्याइने छ । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतमा भने महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई ल्याइएको छ ।