२०८३ साउन ९ शनिबार

जाजरकोट बस दुर्घटनामा २४ काे मृत्यु, ४१ घाइते मध्ये २८ गम्भीर, उद्धारमा सरकार उदार

ई आर्थिक    शुक्रबार, फाल्गुन २७ २०७३
6.2K
Shares
जाजरकोट बस दुर्घटनामा २४ काे मृत्यु, ४१  घाइते मध्ये २८ गम्भीर, उद्धारमा सरकार उदार

काठमाडौँ, २६ फागुन । जाजरकोटको भेरीमालिका नगरपालिकामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ । ४१ जना घाइते मध्ये २८ जना गम्भीर रहेका छन् ।

सरकारले उद्धारका लागि सेनाकाे नाइटभिजन हेलिकोप्टर परिचालन गरेकाे थियाे । गम्भीर घाइते २८ जनालाई रुकुमको चौरजहारी विमास्थलबाट नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगंजतर्फ थप उपचारका लागि लगिएको छ ।

दुर्घटनामा मृत्यु हुने मध्ये लहँ-४ का रामबहादुर बस्नेत, भेरीमालिका-४, बोहरागाउँका नवीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, शर्मिला सुनार, १० का सन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ हिउसा गिरी, साल्मा-५ का नन्दलाल जैसी, सीमा-९ का मदन पुन, मजकोट-७ का दले तिरुवा, दशेरा-२ का मनीराम जैसी, १ का दिलबहादुर बुढा, चौरीजहारी-४, रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बुढा लगायत रहेका छन् ।  बस दुर्घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने ७ जनाको जाजरकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेका छन् ।

खलङ्गाबाट साल्मा–५ खारातर्फ जाँदै गरेको ना ३ ख २२८९ नं को यात्रु बस सडकदेखि १५० मिटर तल खस्दा बस दुर्घटना भएकाे  थियाे ।

दुर्घटनामा यति ठूलाे संख्यामा भएकाे मृत्युकाे दुखद् खबरले सारा नेपालीलाइ नै स्तब्ध बनाइदिएकाे छ । गृह मन्त्रालयले उक्त त्रासदीपूर्ण दुर्घटनाबाट ज्यान गुमाउनु भएका सबैप्रति श्रद्धान्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij