१७ फागुन, काठमाडौं । नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ ।
पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । यसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश नगरिएको मंगलबारको नयाँ पत्रिका दैनिकले खवर छापेको छ ।

कति नेपाली घुम्न निस्कन्छन् ?
सन् २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर ११ लाख ३१ हजार पाँच सय २९ नेपाली बाहिरिएका छन् । त्यसमध्ये चार लाख ३३ हजार दुई सय वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली छन् । शिक्षा मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षयता वार्षिक औसत करिब ३० हजार हाराहारी नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिन्छन् । सोही आधारमा हेर्दा करिब ६ देखि साढे ६ लाख नेपाली व्यापार–व्यवसाय, सभा–सम्मेलन र भ्रमणका लागि विदेश जाने गर्छन् । व्यवसायीहरूका अनुसार व्यापार–व्यवसाय र सभा–सम्मेलनका लागि जाने नेपालको संख्या पनि घुमफिरमा जानेको तुलनामा ज्यादै कम छ । सन् २०१६ मा विदेशबाट सात लाख २९ हजार पाँच सय ५० पर्यटक नेपाल आएका थिए ।
सस्तो प्याकेजले विदेश भ्रमण बढायो
व्यवसायीहरूका अनुसार नेपालीले सबैभन्दा बढी मन पराउने गन्तव्य थाइल्यान्ड, मलेसिया र सिंगापुर हुन् । करिब एक लाख रुपैयाँमा यी तीनवटै मुलुकको भ्रमण गर्न सकिने गरी प्याकेज बनेका छन् । यसबाहेक एउटा मात्र मुलुकका लागि पनि ५०–६० हजारमा आकर्षक प्याकेज बिक्री भइरहेका छन् । प्रेसिडेन्ट ग्रुप अफ कम्पनिजअन्तर्गतको प्रेसिडेन्ट ट्राभलका अध्यक्ष भोलाविक्रम थापा भन्छन्, ‘अहिले आउटबाउन्ड प्याकेज बेच्ने कम्पनीको संख्या बढिरहेको छ, जसले गर्दा विदेशी गन्तव्यमा नेपालीको सहज पहुँच विस्तार भइसकेको छ ।’