२०८३ साउन ९ शनिबार

अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ : मन्त्री थापा

ई आर्थिक    शुक्रबार, फाल्गुन १३ २०७३
2.2K
Shares
अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ : मन्त्री थापा

१३ फागुन, काठमाडौँ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्री थापाले आज काठामाडौँको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शय्याको ‘एरा हेल्थ सेन्टर’ को उद्घाटन गर्दै सरकारले तोकेको मापदण्ड पु¥याएर सञ्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका अध्यक्ष डा गिर्वाणराज तिमिल्सिनाले कुनै पनि विदेशी नेपाल आउँदाको समय बिरामी परे उपचार गर्न पाएनौँं भन्ने गुनासो नहोस् भन्ने उद्देश्यले सो अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । “भविष्यमा यसलाई एसियाकै उत्कृष्ट ट्राभलर सेन्टर बनाउने उद्देश्य छ,” उहाँले भन्नुभयो ।

मुलुकमा विदेशी नागरिकका लागि मात्र भनेर खोलिएका अस्पताल नगन्य भएका अवस्थामा यस अस्पतालले पर्यटकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो अस्पतालका निर्देशक भानु ढकालले बताउनुभयो । सो अस्पतालबाट बिरामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार सेवा पाउनसक्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij