२०८३ साउन ९ शनिबार

मधेशी मोर्चाको आन्दोलन सुरु: प्रचण्डको पुत्ला जलाए, भोली मधेस बन्द

ई आर्थिक    मंगलबार, फाल्गुन १० २०७३
3.5K
Shares
मधेशी मोर्चाको आन्दोलन सुरु: प्रचण्डको पुत्ला जलाए, भोली मधेस बन्द

१० फागुन, वीरगन्ज । संविधान संशोधन नगरी सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चाले आजदेखि आन्दोलन सुरु घोषणा गरेको छ ।

मोर्चामा आबद्ध राजेन्द्र महत्तो नेतृत्वको सद्भावना पार्टीले वीरगन्जमा मंगलबार बिहान प्रदर्शन गर्दै प्रधामन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएर आन्दोलनको सुरुवात गरेका छन् ।

सद्भावना पार्टी पर्साका उपाध्यक्ष इश्वर यादवको नेतृत्वमा रहेका नेता कार्यकर्ताले घण्टाघर चोकमा सरकार र तीन दलविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका वीरगन्ज नगर अध्यक्ष ओम प्रकाश सर्राफले संविधान संशोधन बिना सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरेर मुलुकमा फेरि मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।

मोर्चाले संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने बताउँदै आज साँझ देशभर मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ । बुधबार ११ गते मधेस बन्द गर्ने घोषणा पनि गरेको छ ।

मोर्चाले विज्ञप्ति जारी गर्दै बिहीबार देखि १५ दिनसम्म गाउँ गाउँमा भन्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नै नगरी अवैज्ञानिक, अधुरो र अपुरो प्रतिवेदनका आधारमा घोषणा गरिएको निर्वाचन मान्य नहुने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij