२०८३ साउन ९ शनिबार

प्राईम कमर्सियल बैंक र बुम रेमिट्यान्सका बिच विप्रेषण सम्झौता

ई आर्थिक    बिहिबार, फाल्गुन ५ २०७३
3.3K
Shares
प्राईम कमर्सियल बैंक र बुम रेमिट्यान्सका बिच विप्रेषण सम्झौता

५ फागुन, काठमाडौं । प्राईम कमर्सियल बैंक  रजिष्टर्ड कार्यालय कमलपोखरी काठमाण्डौं र बुम रेमिट्यान्स कालिमाटी सोल्टीमोडका बिच बुधवार विप्रेषण सम्झौता भएको छ।

बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम प्राईम कमर्सियल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा प्राईम कमर्सियल बैकका तर्फबाट नायब महाप्रवन्धक मोती काजी तुलाधर र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक श्री धिरेन्द्र पन्तले हस्ताक्षर गर्नुभयो । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४१०० वटा भन्दा बढि प्रतिनीधीहरु छन् ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै हङकङ, मलेसिया, कोरीया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिनुभयो । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरुसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

बुम रेमिटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा बैंकिङ साक्षरता कार्यक्रम गर्दै आएको पन्तले जानकारी दिनुभयो । उहाले “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij