२८ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाईफ र फरवार्ड कम्युनिटी माईक्रोफाईनान्सलाई फागुन १३ गतेभित्र सेयर बाँडफाँट गर्न निर्देशन दिएको छ ।
बोर्डले ६० दिनको म्याद दिए पनि ४० दिनभित्र सार्वजनिक निश्काशन गरिएको सेयर बाँडफाँड गर्न निर्देशन दिएको हो । नेपाल लाइफको एफपीओ खरिदमा झण्डै ५५ अर्ब रुपैयाँको आवेदन परेको थियो ।
रकम एक ठाउँमा होल्ड भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव भएको भन्दै बोर्डले सेयर बाँटफाँड गरेर रकम बजारमा पठाउन यस्तो कदम चालेको प्रवक्ता निरज गिरीले बताए ।
दुबै कम्पनीले चाँडै सेयर बाँडफाँट गरेमा गर्दा ३ लाख ७० हजार भन्दा बढी लगानीकर्ताहरुले रु ५५ अर्ब भन्दा बढीको रकम छिटो फिर्ता भुक्तानी पाई वित्तीय बजारमा देखिएको तरलताकोे समस्या समाधानमा सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।