२०८३ साउन ९ शनिबार

बैंकको ब्याजदर बढ्दा उद्योग बन्द हुने अवस्थामा

ई आर्थिक    बिहिबार, माघ २७ २०७३
3K
Shares
बैंकको ब्याजदर बढ्दा उद्योग बन्द हुने अवस्थामा

२७ माघ, काठमाडौँ । बैंकको ब्याजदर बढ्दा उद्योगहरु बन्द हुने अवस्थामा रहेको भन्दै नेपाल उद्योग परिसंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

परिसंघले विज्ञप्ति जारी गर्दै बैकिङ प्रणालीमा तरलता संकटको कारण अस्वभाविक ब्याजदर वृद्धिको चपेटामा औद्योगिक क्षेत्र पर्न गएको भन्दै सजग बन्न सरोकारवाला पक्षलाई आग्रह गरेको हो ।

राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याजदर अन्तरको सीमा समेत नाघ्ने गरी बैंकबाट कर्जाको ब्याजदर वृद्धि गरेर पहिले नै सम्झौता भइसकेका उद्योगलाई समेत पत्र पठाउने गरेको परिसंघले जनाएको छ । राष्ट्र बैँकको यस्तो निर्णयले ठूलो पुँजीमा निर्माण भइरहेका औद्योगिक परियोजना अघि बढ्न नसक्ने अवस्था पुगेको विज्ञप्तिमा उल्लेख छ ।

ब्याजदर बढ्दा समग्र व्यवसायको लागत बढ्ने, उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने र आयात प्रोत्साहित हुने जोखिम बढेको भन्दै तत्काल उचित कदम चाल्न परिसंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij