२०८३ साउन ९ शनिबार

साढे ३३ किलो सुन काण्ड : तस्करीको अभियोगमा पक्राउ परे एसएसपी खत्री

ई आर्थिक    आइतबार, माघ २३ २०७३
4.2K
Shares
साढे ३३ किलो सुन काण्ड : तस्करीको अभियोगमा पक्राउ परे एसएसपी खत्री

२३ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएको घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम बहादुर खत्री पक्राउ परेका छन् ।

खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज दिउँसो पक्राउ गरेको हो । विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रधान कार्यालयमा तानिएको थियो । सुनकाण्डमा पक्राउ परेकाको बयानका आधारमा तस्करीमा खत्रीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

विमानस्थलको जाँच छलेर गौशाला पु-याएको अवस्थामा ब्यूरोको टोलीले सो सुनसहित गत पुस २१ गते तीन जनालाई पक्राउ गरेको थियो । सुनसहित मोरङका दिलबन्धु थापा, जनकपुरका सन्तोष काफ्ले र बाँकेका गोपालबहादुर शाही पक्राउ परेका थिए ।

अनुसन्धानकै क्रममा भन्सारका कर्मचारी श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई समेत यसअघि प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij