२०८३ साउन ९ शनिबार

कृषि विकास बैंकले ल्यायो स्मार्ट मोबाइल बैंकिङ सेवा

ई आर्थिक    मंगलबार, माघ ४ २०७३
5.1K
Shares
कृषि विकास बैंकले ल्यायो स्मार्ट मोबाइल बैंकिङ सेवा

४ माघ, काठमाडौं । कृषि विकास बैंक लि. र एफवान सफ्ट प्रा.लि. विच मोबाईल बैंकिङ सेवा संचालनसम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको उपस्थितीमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई एडिविएल स्मार्ट बैंकिङ नामक मोबाइल बैंकिग सेवा उपलब्ध गराउने छ । बैंकको आवश्यकता अनुसार एफवान सफ्टले तयार गरेको उक्त सफ्टवेयर अत्यन्तै सुरक्षित, भर्पर्दो रहेको बैंकको दाबी छ। हालसम्म नेपालका अन्य बैंकहरुमा प्रयोग नभएको भन्दै बैंकले वित्तीय कारोबारलाई थप सुरक्षित गर्न इत्ए को व्यवस्था समेत रहेको नयाँ मोबाइल बैंकिङ सेवा ल्याउन लागेको जनाएको छ ।

यो सेवा लिन ग्राहकले एडिविएल स्मार्ट बैंकिङ मार्फत वा अनलाईनमा नै आवेदन फारम भर्न सक्नेछन् । हरेक कारोबारको सूचना प्राप्त हुने, रकम ट्रान्सफर गर्न सकिने, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न सकिने, चेक तथा डेविट कार्ड आदि रोक्का गर्ने सकिने, कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धि जानकारी लिन सकिने लगायतका अन्य सुविधाहरु उपलब्ध भएको साथै यस वर्षनै सेवा लिने ग्राहकलाई बार्षिक शुल्क नलाग्ने समेत बैंकले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij