उपत्यका भित्रका सडक विस्तारका विरोधीहरुले आव्हान गरेको उपत्यका बन्द आव्हानलाई सर्वसाधारणहरुका साथै उपत्यकाबासीहरुले नै प्रतिकार गरेका छन् । सडक विस्तार जस्तो विकास विरोधीहरुको बन्द भन्दै सर्बसाधारणहरुले प्रतिकार गरेका हुन् । प्रतिकार गरी सडकमा आफ्ना साधान चलाउनेहरु अधिकांशले बन्दकर्ताहरुलाई विकास विरोधीको संज्ञा दिएका छन् ।
चिसो हटेसँगै सडकमा विस्तारै ट्याक्सी, मोटरसाइकल, भाडाका केही सवारीसाधन बढिरहेका छन् । सडकमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएकाले पनि बन्द विरोधीहरु निर्धक्क छन् । राजधानीका मूख्य सडकमा कही त्यस्तो बन्दकर्ताहरुको उपस्थिति देखिएको छैन । साझा यातायातका साथै अन्य भाडाका सवारीसाधनहरु समेत सडकमा थपिदै गएका छन् । साझा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रलगायतका पेट्राेल पम्पहरु समेत खुल्ला रहेका छन् ।
सडक विस्तारका क्रममा आफूहरु पीडित भएको भन्दै उनीहरु संगठित भई आन्दोलन घोषणा गरेका थिए । हाल उपत्यका भित्रका त्यस्ता विभिन्न २२ ठाउँका पीडितहरुको संगठन नै बनेको छ । उनीहरुले मुअब्जा नदिई सडक विस्तार गरेको भन्दै संघर्ष समिति नै बनाएका छन् । उनीहरु १० सुत्रिय माग राखी आन्दोलनमा उत्रिएका छन् ।