१८ माघ,काठमाडौँ । सनराइज बैंकले आफ्नो इलाम शाखालाई सोही ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । सोमबार इलाम शाखा कार्यालयको समुद्घाटन इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गर्नुभयो ।
बैंकले बैंकिङ सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरूसमक्ष पु-याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाउँमा उक्त शाखा स्थानान्तरण गरेको जनाएको छ । स्थानान्तरणसँगै उक्त शाखाबाट ग्राहकलाई लकर सेवासमेत उपलब्ध गराइएको छ ।
हाल सनराइज बैंकका मुलुकभर ६७ वटा शाखा र ७२ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भीएलएन उत्तरढोका काठमाडौंमा एक्सटेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।