२०८३ साउन ९ शनिबार

भरतपुर आन्तरिक राजस्व कार्यालयले उठायो ६ महिना भित्रै सोच्दै नसोचेको राजस्व

ई आर्थिक    आइतबार, माघ ९ २०७३
8.8K
Shares
भरतपुर आन्तरिक राजस्व कार्यालयले उठायो ६ महिना भित्रै सोच्दै नसोचेको राजस्व

९ माघ, चितवन । भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ ।

कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु ६ अर्ब ८९ करोड ५५ लाख एक हजार राजस्व असुली भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रु चार अर्ब ५४ करोड ४६ लाख ४३ हजार राजस्व असुल भएको थियो । चालु आर्थिक वर्षको ६ महिनाको लक्ष्य रु ६ अर्ब ६२ करोड ७६ लाख १२ हजार रहेको छ ।

कुल असुली लक्ष्यको एक दशमलव चार प्रतिशत हुन आउछ । गतवर्ष यसै अवधिमा लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व असुली भएको थियो । यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी अन्तशुल्कमा रु पाँच अर्ब ६७ करोड २१ लाख ९२ हजार राजस्व असुली भएको उहाँले बताउनुभयो ।

जुन लक्ष्यको एक सय एक दशमलव दुई प्रतिशत हुन्छ । गत वर्षयसै अवधिमा रु तीन अर्ब ५७ करोड ८ लाख ६४ हजार अन्तशुल्क असुली भएको थियो । चालु आर्थिक वर्षमा आयकर रु ५९ करोड ५६ लाख ३० हजार, घर बहाल कर रु पाँच करोड ६१ लाख ७३ हजार, ब्याज कर रु तीन करोड ५८ लाख ४३ हजार, मूल्य अभिवृद्धि कर रु ४८ करोड ६१ लाख ९३ हजार, स्वास्थ्य सेवा कर रु तीन करोड ६५ लाख ६९ हजार र शिक्षा सेवा कर रु एक करोड २९ लाख २ हजार असुली भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख थानप्रसाद पङ्गेनीले यसवर्षको लक्ष्य रु १४ अर्ब ६३ करोड ७७ लाख ९५ हजार रहेको बताउँदै कर असुलीका लागि विभिन्न अभियान गर्दै आएको बताउनुभयो । उहाँले बजार अनुगमन, सङ्कलन भ्रमण, कर प्ररिक्षण, अन्तक्र्रिया लगायतका विभिन्न प्रयास भइरहेको भन्दै लक्ष्यभन्दा राम्रो गर्न सबैको सहयोगको खाँचो रहेको बताउनुभयो । चितवन जिल्ला र नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र हेर्दै आएको यस कर कार्यालयमा ४० हजार भन्दा बढी करदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij