२०८३ साउन ९ शनिबार

बिपिसीले २० प्रतिशत लाभांश दिने

ई आर्थिक    सोमबार, पौस ११ २०७३
4.9K
Shares
बिपिसीले २० प्रतिशत लाभांश दिने

bpc-logo

काठमाडौं

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले ३० मेगावाट क्षमताको न्यादी (लमजुङ) र ३७.६ मेगावाट क्षमताको काबेली ए(पाँचथर) जलविद्युत् निर्माण गर्ने भएको छ ।

निजी क्षेत्रको अग्रणी विद्युत् उत्पादन कं बिपिसीको आज यहाँ सम्पन्न २४ औँ वार्षिक साधारणसभाले कम्पनी तथा सहायक कम्पनीमार्फत ती आयोजना निर्माण सुरु गर्न लागेको जानकारी दिएको छ । कम्पनीले १०० मेगावाट क्षमताको तल्लो मनाङ र ८.५ मेगावाट क्षमताको चिनोखोला जलविद्युत् आयोजना समेत अगाडि बढाउने भएको छ ।

कम्पनीले आव ०७२÷७३ मा खुद मुनाफा रु ५७ करोड ५९ लाख गरेको छ । अघिल्लो आवको तुलनामा उक्त मुनाफा १९.९ प्रतिशतले बढी रहेको कम्पनीका अध्यक्ष पद्मज्योतिले जानकारी दिनुभयो ।

कम्पनीबाट १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् केन्द्र र ९.४ मेगावाट क्षमताको आँधीखोला जलविद्युत् केन्द्र सञ्चालनमा छन् । कम्पनीका ४८ हजार ५९९ ग्राहक छन् । कम्पनीले सहायक तथा सम्बद्ध कम्पनीमार्फत ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् आयोजना र चार मेगावाटको खुदी जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ । ती आयोजना हाल सञ्चालनमा छन् ।

कम्पनीले सेयर धनीलाई आव ०७२÷७३ को खुद मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश र खुद मुनाफा तथा सञ्चित कोषबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij