२०८३ साउन ९ शनिबार

कर्णाली अञ्चलमा पूँजीवजार सम्वन्धी पहिलो जनचेतना अभिवृद्धि कार्यक्रम

ई आर्थिक    सोमबार, पौस ११ २०७३
7.9K
Shares
कर्णाली अञ्चलमा पूँजीवजार सम्वन्धी पहिलो जनचेतना अभिवृद्धि कार्यक्रम

नेपाल धितोपत्र बोर्ड र कालिकोट उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा हालै कर्णाली अञ्चलको प्रवेशद्वारको रुपमा रहेको कालिकोटको मान्ममा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा  अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमाा कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले यो कार्यक्रमले कर्णाली अञ्चलमा पनि पूँजी बजार सम्बन्धी जनचेतना बढ्ने विचार व्यक्त गर्नुभयो ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले उक्र कार्यक्रमलाई सम्वोधन गर्देै काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी वनाउन तथा यस सम्बन्धी जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताउँदै यसका लागि वोर्डले विभिन्न कार्य तथा नीतिगत सुधारहरु गरिरहेको जानकारी गराउनु भयो । साथै वहाँले पूँजी बजार मार्फत कर्णाली अञ्चलको पर्यटन, जलस्रोत तथा जडिवुटी उद्योगधन्दाको विकास गरी समग्र देशको रोजगारी तथा राजस्व बृद्धि गरी आर्थिक विकास गर्न सहयोग पुर्याउने वताउनुभयो । उक्त कार्यक्रमका संघका अध्यक्ष सूुर्य बहादुर शाहीले वोर्डसँग संयुक्त आयोजनामा कर्णाली अञ्चलमा नै पहिलो पटक पूँजी बजार सम्बन्धी यस्तो कार्यक्रम संचालन गर्न पाएकोमा आभार व्यक्त गर्दे यस कार्यक्रमबाट स्थानीय व्यवसायी तथा लगानीकर्ताहरु अति नै लाभान्वित भएको र अव यसले कर्णाली अञ्चलको विकासको ढोका खोलिदिने  विचार समेत व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बोर्डका उपनिर्देशक अम्बिका प्रसाद गिरीले पूँजीबजार सम्वन्धी विविध पक्षहरुको वारेमा कार्यपत्र पेश गर्नुभएको थियो भने बोर्डका का.मु. अधिकृृत राजु बहादुर जि.सि. ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय सरकारी निकायका पदाधिकारीहरु, कालिकोट उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षक,  विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण समेतको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

हालै यस्तो कार्यक्रम क्षेत्रिय सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij