२०८३ साउन १४ बिहिबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की, कार्कीको पक्षमा ४७ जना सांसदको हस्ताक्षर

ई आर्थिक    शनिबार, असोज २७ २०८०
4.8K
Shares
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की, कार्कीको पक्षमा ४७ जना सांसदको हस्ताक्षर

ई–आर्थिक, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७÷४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज ९शनिबार० बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।

सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ ९५० बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सनाखतमा आङ्बो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij